बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
शिक्षा

आजदेखि एसईई परीक्षा सुरु ,सप्तरीमा ९ हजार परिक्षार्थी सहभागि


कञ्चनरुप (सप्तरी) । सप्तरीसहित देशैभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।
यस वर्षको परीक्षामा सप्तरी जिल्लामा कूल ९ हजार ३१ विद्यार्थी सहभागी भएका छन् ।
जिल्ला शिक्षा समन्वय एकाई समितिका अनुसार जिल्लामा ३५ वटा परीक्षा केन्द्र , ३५ वटा केन्द्राध्यक्ष , ६२ जना सहायक केन्द्राध्यक्ष , ४ सय ५२ जना निरीक्षक ९३ जना परीक्षा सहायक ,१ सय ८० जना कार्यालय सहयोगी परिचालन गरिएको छ ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा देशभरबाट कुल पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सम्मिलित भएका छन् ।
परीक्षाका लागि देशभरि २ हजार सात परीक्षा केन्द्र कायम गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page