समाज

सप्तरीमा खसी सहित २ जना चोर रंगेहात पक्राउ

बृजमान तामाङ /
बिरेन्द्र बजार, १९ बैशाख ।
सप्तरीमा सोमबार खसी सहित दुईजना चोर रंगेहात पक्राउ परेका छन् ।
अग्निसाईर कृष्णासवर २ इटहर्वाका प्रमोद चौधरीको खसी चोरी गरि भाग्दै गरेका महादेवा गाउँपालिका १ का बर्ष ३० का तेजु कुमार राम र सोही ठाउँका बर्ष ३२ को भागेन्द्र खंग खसी सहित रंगेहात पक्राउ परेका हुन ।
घर नजिकैको आँप बगैंचामा चर्दै गरेको खसी चोरहरुले मोटरसाइकलमा चढाएर लगेको थाह पाएपछि स्थानीयहरु चोरको पछाडि लागेका थिए । चोरहरुले खसी राजविराज हटियामा बेचेर घरतर्फ जाँदै गर्दा महादेवा गाउँपालिका १ स्थित पकरीमा पक्राउ गरि प्रहरीको जिम्मा लगाएको खसी धनी चौधरीले बताए ।
बगैचामा चर्दै गरेको खसी मोटरसाइकलमा चढाएर लगेको थाह पाउन साथ हामी चोरको पछि लागिऔं,खसी धनी चौधरीले भने, चोरहरुले हामीलाई छक्याउँदै बढेर राजविराजको राजदेवी स्थित मुश्लिम टोलमा खसी फेला पार्यौ । खसी देखेपछि खोजतलास गर्दा हटियाबाट किनेर ल्याएको भनेपछि खसी किन्ने ब्यक्तिलाई लिएर जाँदा चोरलाई बाटैमा समात्न सफल भएको उनले जानकारी दिए ।
चोरीएको खसी तथा चोरीमा प्रयोग भएको मोटरसाइकल सहित पक्राउ परेका दुबैजनालाई प्रहरीको जिम्मा लगएको चौधरीले जानकारी दिए ।
पुर्वपश्चिम राजमार्ग स्थित सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका क्षेत्रमा केही बर्षयता दैनिक खशी, भैंसी राँगा, गाई ,गोरु सहितको चौपाया चोरी हुने गरेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page