समाज

सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक साइकल यात्रीलाईको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादव रहेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७प ८५६३ नम्बरको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ ।
मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव पनि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page