समाज

कोशी ब्यारेजबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित एक युवक पक्राउ

सप्तरी,५ जेठ । सप्तरी प्रहरीले हनुमानानगर कंकालिनी नगरपालिका–१ का २६ वर्षीय रञ्जित मण्डलाई विहिवार दिउँसो लोड गरिएको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।
हनुमानानगर कंकालिनी नगरपालिका–१ भारदह स्थित कोशी ब्यारेजको उत्तरतर्फ रहेको गोलघरबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मेड इन यूएसए लेखिएको ९ मिमि ब्राउनिङ नाम नखुलेको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली समेत बरामद गरिएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार बिनोदकुमार मण्डलले बताउनु भयो ।
पक्राउ परेका मण्डललाई कारवाहीका लागि हतियारसहित जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page