सूचना प्रविधि

मधेश प्रदेशबाटै अब अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण

जनकपुरधाम । मधेश प्रदेशमा पनि अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणको कार्य सुरु भएको छ ।
शुक्रबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरेर दर्ता र नवीकरण कार्य सुरु गरिएको हो ।
मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पहिलो दिन दुई ओटा अनलाइन सञ्चार माध्यमलाई दर्ता गरेर कार्यक्रमको कार्य सुरु गरेका छन ।
अब अनलाइन दर्ता र नवीकरणको लागि काठमाडौ जान नपर्ने र प्रदेशमा सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमलाई सहजताको लागि यो कार्य आरम्भ गरिएको आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले बताए ।
मधेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा तथा आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page