समाज

भरुवा बन्दुक सहित एक जना पक्राउ

ओखलढुंगा, २७ जेठ । ओखलढुंगाको सिद्दिचरण नगरपालिकाबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिद्दिचरण नगरपालिका ६ जन्तरखानी माथिल्लो मैदानेका ३५ वर्षीय कामे शेर्पा रहेका छन ।
बिहीबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलिले उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page