बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सामाजिक विकास मन्त्री साहद्वारा विद्यालयको नवनिर्मित भवन उद्घाटन

राजविराज, २८ जेष्ठ । सर्लाहीको लालवन्दी नगरपालिका १७ मा भारत सरकारको सहयोगमा नवनिर्मित फौदसिंह जनता माध्यमिक विधालय भवनको उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह र भारतीय महावाणिज्य दूतावास,विरगंजका महावाणिज्य दूत नितिश कुमारले शनिबार एक समारोहका विच संयुक्तरूपमा नवनिर्मित भवनको उद्घाटन गरेको हो ।
७४ लाखको लगानीमा निर्मित १४ कोठेको उक्त भवन भारत सरकारको लगानीमा वनेको विधालयले जनएको छ ।

भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले भारतसंगको हाम्रो सम्बन्ध नुन र खुनको रहेकोले आपासी भाईचारा कायम राखिरहन आग्रह गरे।
जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य वेची लुंगेली, सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगाायतको उपस्थिती रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page