समाज

मलेसियामा मृत्यु भएका साहको शव घर आईपुग्यो, पुरै गाउँ शोकमा

बृजमान तामाङ /
विरेन्द्र बजार, ४ असार ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका अग्निसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ मट्टीगढाका ३४ वर्षिय राजाराम साहको शव घर आईपुगेको छ ।
मलेसिया स्थित राईडो हाड्रोली कम्पनीमा कार्यरत मृतक साहको शव शनिबार विहान ७ बजे घर ल्याइएको हो । साहको शव घरमा ल्याएपछि जातीय परम्परा अनुसार शनिबारै अन्त्यष्टी गरिएको परिवारजनले जनाएको छ ।
आफ्नो परिवारलाई सुखसयलमा राख्ने सपना लिएर वैदेशिक रोजगारीका लागि गएको साहको शव बाकसमा आएपछि पुरै गाउँ शोकमा डुबेको स्थानीयले बताएका छन् ।
उनको चितामा अढाइ बर्षका छोरी अनुक्षा कुमारी साहले आगो दिएको स्थानीय दिनेश कुमार साहले जानकारी दिए । साहलाई जनता समाजवादी पार्टी अग्निसाइर कृष्णासवरन गाउँपालिकाद्वारा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
गत जेठ २५ गते बुधबार साँझ पेट दुख्ने समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको साहको उपचारको क्रममा मृत्यु भएको उनका भाइ बलराम साहले जानकारी दिए । मृतकका भाइ समेत सोही कम्पनीमा कार्यरत रहेको स्थानीयले बताएका छन् ।
मृतक साहको श्रीमति एक नावाल छोरी छिन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page