समाज

सप्तरीको राजविराजमा करेन्ट लागेर रुवी खातुनको मृत्यु

सप्तरी, ६ असार । सप्तरीको राजविराजमा पानी तान्ने मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर आज (सोमवार) एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको राजविराज नगरपालिका–९ की ३० वर्षीया रुवी खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मोटर चलाएर लुगा धुने क्रममा करेन्ट लागेर खनतुन गम्भीर घाइते भएकी थिइन् । घाइते खातुनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page