शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

सप्तरीको भारदहमा बस अनियन्त्रित भई पल्टिदा एकको मृत्यु, ११ जना घाइते

कञ्चनरुप , ९ असार । सप्तरीमा आज बिहान बस अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
दुर्घटनामा पहिचान खुल्न नसकेकी अन्दाजी ५२ वर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेज र कंकालिनी मन्दिरको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ख १८९८ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ११ जना घाइते भएका छन् ।
घाइते हुनेमा सह चालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सप्तरीको कञ्चनरुप नगरपालिका–२ की २० वर्षीया अस्मिना खातुन, वडा नम्बर–३ का १८ वर्षीय आलोककुमार सेख, वडा नम्बर– ८ का १७ वर्षीय बिबेक कुमार साह छन् ।
यसैगरी सुनसरीको ईनरुवा नगरपालिका–१ की ३० वर्षीया रिङ्कु कुमारी यादव, ३३ वर्षीय रबिन खड्गा, सुनसरीको बराह क्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल, उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली, मोरङको बिराटनगर उप महा नगरपालिका–१३ की ३३ वर्षीय प्रमिला राई घाइते भएका छन् ।
घाइतेहरुको भारदहस्थित जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मानबहादुर तामाङ र निजकी श्रीमती ६९ वर्षीया बिष्णुकुमारी तामाङको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको छ ।
बस चालक फरार भएको र खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page