समाज

आदिवासी जनजातीहरुका लागि एकदिने अभिवृद्धि जनचेतना तालीम सम्पन्न

डम्बर राई /
कञ्चनरुप, असार १९ गते ।
नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय परिषद कञ्चनरुप १२ ले आदिवासी जनजातीहरुका लागि एकदिने अभिवृध्दि जनचेतना तालिम दिइएको छ ।
आइतवार बस्तीपुर स्थित नेवार समुदायको गुठी भवनमा ७० जना आदिवासी जनजातीलाई कानूनी उपचार, हक, अधिकार तथा तीनको पहुँचमा आदिवासी जनजातीहरुको अवस्था र मानव अधिकार लगायतका विषयमा जानकारी गराइएको थियो ।
समारोहको उदघाटन गर्दै वडा अध्यक्ष देवी बहादुर खत्रीले आदिवासी जनजातीहरुको क्षमता अभिवृध्दि एवं जनचेतनाको विकास गराउँन आफुले यस अघिपनि सहयोग पुर्याएको बताए । समारोहको प्रमुख अतिथीको आसनबाट खत्रीले यस्ता कार्यक्रमका लागि बजेट दिदै आएको उनले भने, आफ्नो वडामा आदिवासी जनजातीको बाहुल्यता भएका कारणपनि कार्यक्रम गर्दा उनिहरुकै बीचमा हुनेगरेको छ ।
यस्तै नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्व्य परिषद सप्तरीका पूर्व सदस्य तथा खेलकुद विकास कार्यालयका प्रमुख दिनेश भुजेलले आदिवासी जनजातीहरुलाई कानूनी प्रावधान र अधिकारमा पहुँच के कस्तो अवस्था छ त ? भन्ने सवालमा धेरैलाई ज्ञान नभइसकेकोले तीनीहरुलाई यसको बोध गराउँन महासंघ एवं यस संग सरोकारवाला संघ संगठन लागिपर्नु पर्ने औल्याए ।
कञ्चनरुप नगर समन्वय परिषदका सचिव खुशीलाल चौधरीले आदिवासी जनजातीहरुलाई राज्यबाटै शोषण गरेको भन्दै कानून आदिवासी जनजातीहरुको अधिकारको प्रत्याभुती हुने किसीमको नरहेको बताए ।
वडा परिषदका अध्यक्ष बिन्द्र बहादुर राईको अध्यक्षता रहेको उक्त तालिमको सहजीकरण कुमारमान श्रेष्ठ, सुदर्शन चौधरी र डम्बर राईले गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page