समाज

प्रहरीद्वारा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज, १९ असार । सप्तरी प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ६ का २० वर्षीय लालदेव सदा रहेका छन ।
प्रहरीले सदालाई खोजतलासको क्रममा शनिबार गाउँ घरमा नै फेला पारी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सदाले स्थानीय सतिश यादवको हार्डवेयर पसलबाट १ लाख ६९ हजार चोरी गरेको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेपछि फरार भएका थिए ।
उनलाई सप्तरी जिल्ला अदालतले मिति २०७७ कार्तिक २५ गते गरेको फैसलाले ३ बर्ष कैद र ३० हजार जरिवाना तोकेको थियो ।
सदालाई कैद भुक्तानको लागि राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page