समाज

किराना पसलबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

सर्लाही, २१ असार । सर्लाही प्रहरीले किराना पसलबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका ११ का ४३ वर्षीय छोटेलाल दास रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार विहान दासले हरिवन ११ स्थितमा संचालन गर्दै आएको सुनिता किराना पसलबाट विशेष सुराकिको आधारमा लुकाई छिपाई राखेको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद हो ।
दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page