समाज

मानब बेचबिखन तथा ओसारपसार मुद्धाका दुई जना फरार प्रतिवादी पक्राउ

विराटनगर, असार २५ गते । मानब बेचबिखन तथा ओसारपसार मुद्धाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ का ३० वर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० का २३ वर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसारपसार मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ वर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page