फत्तेपुर, २६ असार । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुरमा अजिङ्गरले एउटा जिउँदै बोका निलेको छ। चौदण्डीगढी नगरपालिका वडा नं. ५ शुन्दरपुरको जङ्गलमा चर्दै गरेको अन्दाजी १२ केजीको बोका अजिङ्गरले जिउँदै निलेको स्थानीय अशोक धमलाले बताउनु भयो।
अजिङ्गरले स्थानिय कृष्ण दाहालको बोका खाएको थाहा पाए पछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले अजिङ्गरलाई बोरामा हाली सव डिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई जिम्मा लगाएको प्रहरी जनाएको छ ।
वन कार्यालयको जिम्मामा रहेको अजिङ्गरलाई प्राकृतिक वासस्थानमा लगेर सुरक्षित स्थान छोडिने जिल्ला वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिनुभयो ।
शुन्दरपुरको जङ्गलमा अजिङ्गरले जिउँदै बोका निल्यो










Add Comment