काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जनालाई जिम्मेवारी खोस्दै कारबाही गरेको छ।
वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले उनीहरूमाथि कारबाही गरेको हो।
पार्टीबाट निष्कासित पर्नेहरूमा डा. बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् ।
त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।
भट्टराई पक्षको मंगलबार र बुधबार काठमाडौंमा बसेको विस्तारित बैठकले जसपाबाट अलग भएर नयाँ पार्टी गठन गर्ने निर्णय गरेको छ।
डा. बाबुराम भट्टराईसहित नौ जना जसपाबाट निष्कासित












Add Comment