समाज

सप्तरीको वीरेन्द्र बजारमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरी । सप्तरीमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका ६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको स४प १३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page