समाज

फत्तेपुर स्थित रहेको चन्द्रनहरमा डुबेको अवस्थामा सदाको शव फेला

फत्तेपुर, ३२ असार । सप्तरीको सप्तकोसी नगरपालिका ५ स्थित चन्द्रनहरमा आज बिहान डुबेको अवस्थामा एक बृद्धको शव फेला परेको छ ।
सप्तकोसी नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय लक्ष्मी सदा चन्द्रनहरमा मृत भेटिएका हुन।
स्थानियका अनुसार शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राती थाहा पाए लगतै प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिवार बिहान ७ बजे उनको शव मृत अबस्थामा चन्द्रनहर भन्दा करिब तीन किलोमीटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकि फत्तेपुरले जनाएको छ ।
मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ ।
सदा वर्षौदेखि गाउँभरिका गाइबस्तु चराउने काम गर्दै आएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page