समाज

अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै युवाहरूले बुझाए प्राधिकरणलाई ज्ञापनपत्र

कञ्चनरुप, १ साउन । पछिल्लो समय यता लोडसेडिङको मारले आजित भएका सप्तकोसीबासीको प्रतिनिधित्व गर्दै युवाहरुले लोडसेडिङ अन्त्यको माग गर्दै ज्ञापनपत्र बुझाएका छन।
केही महिना यता साँझको समयमा दर्जनौं पटक लाइन आउँदै जाँदै गरेपछी विद्युत निरन्तरताको माग गर्दै युवाहरुले नेपाल बिधुत प्राधिकरण कञ्चनपुर बितरण केन्द्रका प्रमुख इन्जिनियर सन्जिब साह समक्ष ज्ञापनपत्र बुझाएका हुन ।
मिनेट मै लाइन जाने आउने गर्दा धेरै स्थानीयको इलेक्ट्रोनिक सामान बिग्रने ,पार्टपुर्जा जल्ने गर्नाले धेरै क्षती बेहोर्नु परेको दारी ग्याङ फत्तेपुरका अध्यक्ष अरुण कटुवालले बताए।
बिद्युत प्राधिकरणले नियतबस जनतालाई उपेक्षा गरि यस्तो अवान्छनिय कार्य गरेमा प्राधिकरण बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ। पटक पटक लाइन काट्ने र प्राधिकरणमा सम्पर्क गर्दा फोन नउठाने र सम्पर्क नहुने जस्ता समस्या रहेको सप्तकोसी २ का वडा अध्यक्ष जाहिर हुसेनले बताए।

उता कञ्चनपुर बितरण केन्द्रका प्रमुख इन्जिनियर सन्जिब झाले लाइन फिडर बढेकाले यो समस्या आएको बताउँदै एक साताभित्र समाधान गरिने बताए। पछिल्लो समय बलार्दह सब स्टेसनबाट बितरित लाइनमा पचास भन्दा बढी ट्रान्सर्फमर थपिएकाले लोड तान्नै नसकिने अबस्था रहेको झाको भनाइ छ।
रुपनी ,लहान, राजबिराज र सप्तरी दक्षिणी क्षेत्रमा रहेका सब स्टेसन बिग्रीएर काम नगरेकाले ती ठाउँमा समेत बलार्दह सब स्टेसनले धानेको अबस्था छ। जसका कारण पछिल्लो समय लोड थेग्नै नसकेर लोडसेडिङ बढेको बिधुतका कर्मचारी बताउछन् ।
बलार्दह सब स्टेसनका प्रमुख बालकृष्ण कार्की समेत आफै ठेकेदारी गर्दै हिडने र कार्यालयमा समेत नबस्ने र समस्या समाधानमा समेत चासो नदिएकाले पनि यो समस्या अझ भयावह बन्दै गएको त्रियुगा स्पोर्ट्स क्लब का अध्यक्ष अजय श्रेष्ठले बताए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page