समाज

सप्तरीमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा अहेब साहको मृत्यु

सप्तरी, १ साउन । सप्तरीमा स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक अहेवको मृत्यु भएको छ ।
दुर्घटनामा जिल्लाको शम्भूनाथ नगरपालिका १० की ३० वर्षीया राज कुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार राति पत्थरगाढाबाट राजबिराजतर्फ आउँदै गरेको मधेश प्रदेश –०१–००४ प ३३४७ नंम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो ।
उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएको र थप उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । साहलाई प्रतिष्ठानका चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी बलान बिहुल गाउँपालिका–६ स्थित स्वास्थ्य चौकी रौतहटकी अहेबको रुपमा कार्यरत थिइन् । बलान बिहुल गाउँपालिकाले मातहतका सम्पूर्ण कार्यालयमा आज बिदा दिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page