समाज

पर्वतमा बिजुलीको बल्व फेर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

पर्वत, साउन १५ गते । करेन्ट लागेर पर्वतमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पैंयु गाउँपालिका ६ भोर्ले स्थित काहुँ गाउँका ३० वर्षीय केशवबहादुर थापा मगर रहेका छन ।
आइतबार आफ्नै कुखुरा फार्ममा बिजुलीको बल्व फेर्ने क्रममा करेन्ट लागेर केशवबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। बल्ब फेर्ने क्रममा बिजुलीको तारमा चिसोले सर्ट भएकाले करेन्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ।
शव पोष्टमार्टमका लागि स्याङ्जाको वालिङतर्फ लगिएको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page