समाज

सप्तरीमा तीन वर्षको अवधिमा पोखरीमा डुबेर ५७ जनाको मृत्यु ,यो आ.वको सुरुआतमै चारको मृत्यु

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ। सप्तरीमा यो आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ। मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो।
तीन वर्षको अवधिमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ। जस्मा सात बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन्।
यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page