समाज

सप्तरीमा हातले पंखामा छुन पुग्दा करेन्ट लागेर १८ वर्षीय रामनरेशको मृत्यु

राजविराज, ३ साउन । सप्तरीमा करेन्ट लागेर आज एक १८ वर्षीय युवकको मृत्यु भएको छ ।
सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादबको छोरा १८ वर्षीय रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
आज असह्य गर्मीका कारण पर्खालमा टेबल पंखा राखेर हावा लिन थाले । अचानक हातले पंखामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भएका थिए । घाईतेलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याइएको थियो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे ।
करेण्ट लागेर सप्तरीमा यो समेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page