समाज

कोशी व्यारेजबाट २ सय ४० केजी अबैध गाँजा बरामद

कञ्चनरुप (सप्तरी), ५ भदौ । कोशी व्यारेजबाट सशस्त्र प्रहरीले आज बिहान २ सय ४० केजी अबैध गाँजा बरामद गरेको छ ।
जिल्लाको हनुमानगर कंकालिनी नगरपालिका –१ कोशी व्यारेज स्थित सुरक्षा वेश भारदहबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प भारदहका अनुसार भारततर्फ तस्करी गर्न झाडीमा लुकाएर राखेको अवस्थामा १÷१ किलोका दरले प्लाष्टिकमा पोका पारिएका गाँजाको नौवटा बोराहरू बेवारिसे अवस्थामा बरामद गरिएको छ ।
सशस्त्र प्रहरीले विशेष सुचनाको आधारमा पटेर घारीमा चेकजाच गर्दा लुकाई छिपाई राखिएको अवस्थामा अन्दाजी २ सय ४० केजी (९ पोका) अबैध गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेले जानकारी दिनुभयो ।
आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय राजविराज सप्तरीमा बुझाईएको प्रहरी निरीक्षक आलेले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page