समाज

चन्द्र नहरको पानीमा डुबेर २१ महिने बालकको मृत्यु

खगेन्द्र कार्की –
फत्तेपुर, ५ भदौ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा आज बिहान चन्द्र नहरको पानीमा डुबेर २१ महिने बालकको मृत्यु भएको छ ।
जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर २ सिद्धिपुरका राज कुमार रामको २१ महिने छोरा सन्दिप रामको नहरको पानीमा डुबेर मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिनु भयो ।
घर नजिकैको चन्द्रनहर (छोटी नहर) को डिलमा खेल्दै गरेका सन्दिप आज बिहान ८ बजे नहरमा डुबेका थिए । बालकको शव डुबेको करिब ४ घण्टापछि अपरान्ह १२ बजे घरदेखि १.५ किलोमीटर दक्षिण नहरमा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page