समाज

नुहाउने क्रममा करेन्ट लागेर १६ वर्षीया बालिकाको मृत्यु

सप्तरी, ५ भदौ । सप्तरीको खडकमा शनिबार करेन्ट लागेर एक १६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
खडक नगरपालिका वडा नम्बर ११ स्थित लालपुरमा पानी तान्ने मोटरमा नुहाउने क्रममा करेन्ट लागेर स्थानीय लखन रामको १६ वर्षीया छोरी कमला कुमारी रामको मृत्यु भएको हो ।
मृतक कमलाको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण पश्चात परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page