अर्थतन्त्र

विभिन्न व्यक्तिलाई सम्मान गर्दै किसान सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न

बृजमान तामाङ –
बिरेन्द्र बजार , १८ भदौ । सप्तरीको रुपनी गाउँपालिकामा सञ्चालित किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष आनन्द प्रसाद मेहताको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा शनिबार एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा प्रमुख अतिथि रुपनी गाउँपालिका अध्यक्ष यादव, बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, मधेश प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहकारी बिभाग प्रमुख ओम नारायण झा, जिल्ला सहकारी बैंक सप्तरीका चक्रमणी भट्टराई, रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य सूर्य नारायण मेहताले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैगरी समाजसेवी हरिनारायण लौगी, सहकारी संस्थाका पूर्व अध्यक्ष गीता यादव, सत्यनारायण मेहता, विरेन्द्र बजार व्यवस्थापन समितिका अध्यक्ष हरि नारायण मेहता समेतकाले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त साधारणसभामा संस्थाका अध्यक्ष मेहताले संस्थाको बार्षिक प्रतिबेदन र प्रबन्धक चेत नारायण मेहताले आयव्यय प्रस्तुत गरेका थिए । संस्थाका प्रबन्धक मेहताद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बम बहादुर राउतले गरेका थिए ।
कार्यक्रममा संस्थाको विभिन्न विधामा उत्कृष्ट दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

   

You cannot copy content of this page