धर्म संस्कृति

सप्तरीका शिवालयहरुमा जल चढाएर धुमधामकासाथ अनन्त चतुदर्शी मनाईँयो, विभिन्न ठाउँमा मेला

कञ्चनरुप, २४ भदौ । सप्तरीको विभिन्न शिवालयहरुमा आज अनन्त चतुर्दशीको अवसरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको थियो । विहानै देखि कोशी व्यारेजमा जल भरी श्रद्धालु भक्तजनहरु जिल्लाको विभिन्न स्थानमा रहेको शिवालयहरुमा जल चढाउ घुइँचो लागेको हो ।
सप्तरीको कञ्चनरुपमा रहेको भजनेश्वर महादेव मन्दिर ,धर्मेश्वर महादेव मन्दिर, शम्भुनाथ महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर र हरिन्नदेश्वर मन्दिर लगायत शिवालय मन्दिरहरूमा पूजा अर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको थियो ।
भक्तजनहरु कोशी नदीबाट जल ल्याई विभिन्न शिवालयहरुमा भक्तजनहरुले जल चढाएर पूजाआजा गरेका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ मा रहेको भजनेश्वर मन्दिरमा अनन्त चतुदर्शको मेला समेत लागेको थियो । यस मेलामा विभिन्न जिल्लाबाट मेला हेर्न तथा दर्शनका लागि भक्तजनहरु आउने गर्दछन् ।
यो मेला व्यापार व्यवसायका दृष्टिले पनि अति महत्वपूर्ण रहेको छ । यस दिन मेलामा स्थानीय उत्पादनका वस्तु तथा मिठाइ, जेरी तथा नास्ताका विविध परिकारहरु बिक्री वितरण हुने गर्दछन् । व्यापारका लागि मित्रराष्ट्र भारतबाट समेत मिठाइ पसल थप्न व्यापारीहरु आउने गर्दछन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page