बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

जसपा नेतृ रुही नाज पछि अमृता अग्रहरी एमाले प्रवेश

काठमाडौँ, २ असोज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ अमृता अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन्।
उनी भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमै आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेकी हुन्।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमा पार्टी प्रवेश पछि कैद गरिएको अध्यक्ष ओली र नेतृ अग्रहरीको तस्बिर सार्वजनिक गरेका छन्।
जसपाको केन्द्रीय कार्यकारी समिति सदस्य अग्रहरी निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन्।
केही दिनअघि जसपाकी अर्की नेतृ रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन्। एमाले अध्यक्ष ओलीले जनकपुरमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका थिए । नेतृ रुही नाज पनि निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page