समाज

गोठाटारमा गोली लागी घाइते भएका सर्लाहीका लाल मोहम्मदको मृत्यु

काठमाडौं । काठमाडौंको गोठाटारमा सोमबार साँझ भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल अहमदको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनको शरिरमा २-३ राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको टाउकोको दायाँतर्फ २, दायाँ छातीमा १ र कम्मरमा एउटा गोली लागेको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ । प्रहरीले चार राउन्ड गोली चलेको अनुमान गरेको छ । घटनामा गोली कसले चलाएको हो भन्ने विवरण आइसकेको छैन ।
उनी गार्मेन्ट सञ्चालक रहेको बताइएको छ ।
मोटरसाइकल चढेर आएका आक्रमणकारीले मोहम्मदमाथि गोली प्रहार गरेका थिए । मोहम्मद १० वर्ष जेल परेर ५ वर्षअघि रिहा भएको पनि प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page