समाज

अरिंगालले टोकेर बागलुङमा एक जनाको मृत्यु

बागलुङ । अरिंगालले टोकेर बागलुङमा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जैमिनी नगरपालिका ७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर राना रहेका छन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार रातको समयमा घर नजिकैको जङ्गलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर राना गम्भीर घाइते भएका थिए ।
घाइते रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै मृत्यु भएको प्रहरीको भनाइ छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page