राजनीति

राजविराजमा राष्ट्रपति भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी

राजविराज, ११ असोज । सप्तरीको राजविराजमा राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) निकट जनवर्गीय संगठनद्वारा राजविराजमा मंगलबार राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारी बीच घम्साघसी भएको भएको हो ।
जलाईरहेको पुतला प्रहरीले खोस्ने क्रममा विद्यार्थी नेता शिवम यादव र महिला नेत्री उषा देवी यादव घाईते भएका छ्न । उहाँहरुको हात र पाखुरा जलेको समाजवादी युवा संघका केन्द्रिय सचिव विशाल यादवले जानकारी दिए ।
त्यस्तै नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपाका जनवर्गीय संगठनद्वारा राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो ।
राजविराज स्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध जुलुस राष्ट्रपति भण्डारी विरुद्ध चर्को नारा लगाउँदै राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page