स्वास्थ्य

शम्भुनाथ प्रगतिशिल युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कञ्चनरुप । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले शुक्रबार शम्भुनाथ प्रगतिशिल युवा क्लबले शम्भुनाथ नगरपालिका वडा नम्बर ४ सिरकजडीमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले आफ्नो ८ औं वार्षिक साधारण सभाको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि सप्तरीले प्राविधिक सहयोग गरेको थियो ।
उक्त रक्तदान कार्यक्रममा २२ जना रक्तदाताले आफ्नो रक्तदान गरेका छन् ।
रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page