समाज

एमाले नेता बालकृष्ण ढुंगेलको ट्वाइलेटमा चिप्लिएर निधन

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ ।
काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
परिवारका अरू सदस्य बर्दिवास गएकाले उहाँले घरमा एक्लै हुनु हुन्थ्यो । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।
तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएको थियो ।
२०६४ सालमा ओखलढुंगा जिल्लाबाट माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा रिहा भएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page