राजनीति

सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव, सिके राउत र गठबन्धनबाट ठाकुरले गरे उम्मेदवारी दर्ता

सप्तरी, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एउटै क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट आज दुबै अध्यक्ष राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदबारी दर्ता गराएका हुन् ।
डा. राउत एक्लै चुनाव लड्दा जसपा अध्यक्ष यादव भने नेकपा एमालेसँग तालमेल गरेका छन् । उपेन्द्र यादवले २०७४ को चुनावमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजय भएका थिए ।
क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।
ठाकुर २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदबारी दिएर ९ हजार ४५८ मत ल्याएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page