समाज

कञ्चनरुप १२ स्थित बन्द्रा खोलामा आएको बाढीले पुलमा क्षति, आवत जावतमा समस्या

कञ्चनरुप, २६ असोज । अविरल वर्षाका कारण सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित बन्द्रा खोलामा आएको बाढीले पुललाई क्षति पु¥याएको छ ।
बुधबार बिहान ४ बजेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी माटो कटान गरी बन्द्राहा पुलमा क्षति पु¥याएउँदा स्थानिय बासीन्दालाई आवत जावतमा समस्या परेको छ ।

रुपनगरदेखि सितापुर र श्रावणपुर जोड्ने पुल बन्द्रा, अमहा र नुनिया खोला मिसिएको खोलामा आएको बाढीले पुलमा क्षति पु¥याएपछि सडक पूर्ण रुपमा अबरुद्ध बनेको स्थानिय पदम बहादुर श्रेष्ठले बताएका छन् ।
अत्यधिक वर्षाले यहाँका किसानलाई समेत नोक्सानी भएको छ । लगातारको वर्षाले यस क्षेत्रमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पु¥याएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page