समाज

बिराटनगरबाट अवैध इलेक्ट्रोनिक समान बरामद

बिराटनगर, असोज २६ गते । प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका १२ स्थितबाट सोमबार बेलुका बिराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ च ३१७८ नम्वरको भेनलाई चेक जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको बिभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव ४ लाख ७० हजार मुल्य बरावरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page