शुक्रबार, २१ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शुक्रबार, २१ कात्तिक २०८३
अर्थतन्त्र

जन जागरण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कञ्चनरुप, २९ असोज । जन जागरण सहकारी संस्था लिमिटेड कञ्चनरुप–६ जमुवा सप्तरीको १८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले समाजलाई परिवर्तन गर्न सहकारीले आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी नाफामुखी नभई सेवामुखि भई जनताको सुख दुखमा साथ दिनुपर्ने बताउनु भयो ।

वडा नम्बर –६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले आगामि दिनमा सहकारी र नगरपालिकाले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानका लागि सँगसँगै अघि बढ्नुपर्ने धारण व्यक्त गर्नुभयो । उहाँले सहकारीले समाजको हरेक क्षेत्रमा राम्रो काम गरी नमूना बन्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर –७ का वडा अध्यक्ष समानन्द चौधरी, पूर्व अध्यक्ष मुखालाल चौधरी, कृषि शाखाका संयोजक बेचन सढोक यादव, लेखा शाखाकी रन्जना चौधरी लगायतका वक्ताहरुले यस जन जागरण सहकारीले वास्तवमा यस क्षेत्रको जनताको कल्याण गरेको अनुभूति भएको बताउँदै आगामी दिनमा अझ राम्रो काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँहरुले सहकारीहरु संख्यात्मक भन्दा गुणात्मक तरिकाले बृद्धि भई शेयर सदस्यहरुको जीवन उकास्ने कार्यक्रममा जोड दिनुपर्ने आवश्यक रहेको औंल्याउनु भएको थियो ।

सहकारीका अध्यक्ष देवनारायण चौधरीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष खुशीलाल चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड १ लाख ६३ हजार २ सय ७३ रुपियाँ ७९ पैसा आय र २ करोड १ लाख ६३ हजार २ सय ७३ रुपियाँ ७९ पैसा व्यय भएको आयव्यय प्रस्तुत गरिएको थियो भने १ करोड ६३ लाख ७ हजार ४ सय ८२ रुपिया ९७ पैसा आम्दानी रकेको जानकारी गराइएको थियो ।
१ सय ५० जना पुरुष र २ सय ५ जना महिला री जम्मा ३ स ५५ जना शेयर सदस्यहरु रहेको र ८ लाख ८६ हजार ६ सय रुपियाँ शेयर पूँजी रहेको जानकारी साधारण सभामा गराइएको थियो ।
सहकारीमा आई मलखाद्य खरिद गर्ने ५ जना किसानहरु र ५ जना शेयर सदस्यहरु लाई गोला प्रथाद्वारा पुरस्कृत समेत गरिएको थियो ।
निम्न आय भएका किसानका छोराछोरीहरुले राम्रोसँग शिक्षा हासिल गरुन भनेर सहकारीले राजाजी जनजागरण एकेडेमी बोर्डिङ्ग स्कुलमा २५ प्रतिशत लगानी गरेको समेत जानकारी गराइएको थियो ।
स्वागत मन्तव्य सहकारीकी सचिव हेमलता चौधरीले गर्नुभएको थियो भने सहकारीका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page