समाचार समाज

समाजसेवी एवं पत्रकार आचार्यद्वारा रुपनगर क्याम्पसलाई तीन थान दराज प्रदान

कञ्चनरूप, ११ कार्तिक । समाजसेवी एवं पत्रकार उत्तम आचार्यले सप्तरीको कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित रहेको नन्दराज संग्रौला क्याम्पसलाई ३ थान स्टिलको दराज प्रदान गरेका छन ।
क्याम्पस परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमका विच पत्रकार आचार्यले ३५ हजार मूल्य बराबरको दराज प्रदान गरेका हुन । कार्यक्रममा समाजसेवी एवं पत्रकार आचार्यले क्याम्पस प्रमुख दिगम्वर साहलाई ३ थान स्टिलको दराज हस्तान्तरण गरे ।
क्याम्पसलाई दराज हस्तान्तरण गर्दै पत्रकार आचार्यले नकारात्मक सोचले कहिले समाजलाई परिवर्तन गर्न नसकिने बताए । समाजलाई परिवर्तन तथा नमुना बनाउन सकारात्मक सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
थोपाथोपा मिलेर समुन्द्र बने जस्तै सबै व्यक्तिले आ-आफ्नो तर्फबाट खुल्ला हृदयले सहयोग गर्ने हो भने सामाज परिवर्तन अवश्य हुने उनले विश्वास व्यक्त गरे । अहिले शिक्षा क्षेत्रको अवस्था साह्रै खस्किदो रहेकोले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज होस भन्ने उदेश्यका साथ आफुले दराज क्याम्पसलाई सानो सहयोग गरेको आचर्यले बताए ।
आफ्नो ठाउँको विकास आफैले गर्ने हो अरुले आएर कहिल्यै गर्दैन पत्रकार आचर्यले भने, त्यसैले सबैले हातेमालो गर्दै शिक्षा क्षेत्रको विकासमा सहयोग गर्नुपर्ने आवश्यकता छ ।
कञ्चनरुप नगरपालिका १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले पत्रकार आचर्यको सोच जस्तै समाजमा दश पन्द्रजना पनि व्यक्ति हुने हो भने समाज र शिक्षा क्षेत्रको मुहारै फेरिने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख दिगम्बर साहले आचर्यको योगदान प्रती उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरे । यसअघि पत्रकार आचर्यले शंकर माध्यमिक विधालय रुपनगरलाई पाँचलाखको बन्ड्रीबाल निर्माणमा सहयोग गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page