समाज

सप्तरीको कञ्चनरुप -११ स्थित गोरपारमा आगलागी हुँदा लाखौंको क्षति

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित गोरपारमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
बुधबार बेलुका स्थानीय अर्जुन मण्डलको घरमा मिटरबाट विद्युत सर्ट भई आगलागी हुँदा काठको दुई तल्ले घर, एउटा गोठ र छिमेकी ठेकनारायण मण्डलको एउटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अर्जुनको घरमा कोही नभएको समयमा लागेको आगोले घर भित्र रहेका धान, चामल, दाल, ४७ तोला चाँदी , एक तोला सुनको गहना र नगद १ लाख समेत जलेर नष्ट भएको स्थानिय जाकिर शेखले जानकारी दिनुभयो ।

त्यस्तै ठेकनारायणको घर भित्र रहेका २५ हजारको प्लाई र लत्ताकपडा जलेर नष्ट भएको जनाइएको छ ।
आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । आगो स्थानीय, नेपाल प्रहरी र कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page