समाचार

प्रहरीले अवैध सामान पक्राउ गरी भन्सारमा बुझायो

डम्बर राई
कञ्चनरुप । भन्सार छली भारतबाट ल्याउदै गरेको अवैध सामानहरु प्रहरीले पक्राउ गरी राजविराज भन्सार कार्यालयमा बुझाएक‍ छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका ५, राजविराज नगरपालिका ५, डाक्नेश्वरी नगरपालिका ४ र बोदेवर्साइन नगरपालिका ९ बाट किराना आइटम मदिरा, साइकलका पार्टस तथा तीन थान साइकल सहित एक लाख ३२ हजार नौसय ७० रुपैया वरावरको सामान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी नरेश कुमार सिंहले जानकारी दिइएको छ ।
पछिल्लो समयमा आएर भारतबाट भन्सार छली आउने गरेका अवैध विभिन्न समानहरु पक्रन प्रहरीको सक्रियता देखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page