समाचार स्वास्थ्य

रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्याको अस्पताल शिलान्यास

राजविराज, २३ मंसिर । सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा आज एक कार्यक्रमका बीच १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।
कुल १४ करोड ८० लाख ६२ हजार २ सय ५३ रुपैयाँ ४० पैसा भ्याट बाहेकको लागतमा निर्माण हुन लागेको सो अस्पतालको गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले शिलान्यास गर्नुभएको हो ।
सो अस्पतालको ठेक्का एचपिसी कन्ट्रक्सन–नायरा जेभी धनगढी–१०, सिरहाले पाएको छ । ठेक्का अनुसार चार तल्ले अस्पताल भवन दुई वर्षभित्रमा निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page