समाचार

उपचार नपाएर कञ्चनरूपका पाँच विपन्न दलितको मृत्युको घटना प्रति मधेशी आयोग ध्यानाकर्षण

सप्तरी, ३ पुष । उपचार नपाएर सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच जना विपन्न दलितको मृत्युको घटना प्रति मधेशी आयोग ध्यानाकर्षण भएको छ ।
आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरेपनि वर्षेनी हुने यस्ता घटनाहरु प्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताएकी छन् ।
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा अक्षरांकित गरेको छ । सवै नागरिकको उपचार राज्यले ग्यारेन्टी गरेको छ । उपचारको अभावमा कसैको मृत्यु हुने छैन कानुनी व्यवस्था समेत रहेको छ ।
तर सप्तरी जिल्लाको कञ्चनरूप नगरपालिकामा पाँच जना अति विपन्न मधेशी दलितहरुले अकालमै ज्यान गुमाएका छन्‌ । उपचारको अभावमा यी पाँच जनाको ज्यान गएको प्रारम्भिक अध्ययनवाट देखिन्छ । यस घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
यस्ता किसिमका घटनाहरु वर्षेनी हुने गरेको छ तर यस्ता घटना पुनः नदोहोरिनको लागि राज्यले गहन अध्ययन गरी समाधानका अल्पकालीन र दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्छ विज्ञप्तीमा भनिएको छ ।
यस घटनाको सत्यतथ्य जानकारी हेतु यथाशीघ्र आयोगको एउटा टोली त्यहाँ पठाउने र सवै सरोकारवालाहरुसँग मन्थन गरी समस्या निदानार्थ कार्य गर्ने विज्ञप्तीमा भनिएको छ ।
आयोगले पीडित परिवारलाई राज्यले सबै प्रकारको सहयोग गर्न र बिरामीहरुलाई यथोचित स्वास्थ्य उपचार गराउन अपिल समेत गरेको छ

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page