समाचार समाज

बाक्लो कुहिरोसँगै शितलहर शुरु भएपछि सप्तरीमा जाडो बढ्यो

कञ्चनरुप, ८ पुस । सप्तरी जिल्लामा आज बिहानदेखि बाक्लो कुहिरोसँगै शितलहर शुरु भएपछि जनजीवन प्रभावित भएको छ ।
बाक्लो कुहिरो तथा चिसो बढेपछि मजदूर, विपन्न तथा खुल्ला आकाश मुनी काम गर्ने मजदुरहरू प्रभावित बनेका छन् । चिसो बढेपछि जिल्लाको ठाउँ ठाउँमा आगो बालेर जीउ तताउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

बिहानदेखि तापक्रम निक्कै तल झरेका कारणले गरिब तथा विपन्न वर्गका व्यक्तिहरू बढी मारमा परेका छन् । बजारमा चहलपहल घटेको छ । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित हुने गरेका छन् । अत्यधिक जाडोले सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page