समाज

राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबी १७ महिने बालकको मृत्यु

झापा, पुस ०८ गते । झापामा पानीमा डुबेर १७ महिने बालकको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका-१ संगम टोल स्थितमा पानीमा डुबेर बिहीबार दिउसो भद्रपुर-१ का बिजय लिम्बूको १७ महिनाको छोरा ईन्छु हाङ लिम्बुको मृत्यु भएको हो ।
बालक खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबी मृत अवस्थामा फेला परेका थिए ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page