स्वास्थ्य

कृति सामुदायिक स्वास्थ उपचार केन्द्रमा ३ दिने निशुल्क आँखा शिविर संचालन हुने

कञ्चनरुप, १५ पुष । कृति सामुदायिक स्वास्थ उपचार केन्द्र कञ्चनरुप–१२ रुपनगर सप्तरीमा ३ दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ ।
उपचार केन्द्रका संचालक समितिका कार्य वाहक अध्यक्ष देवनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पुस २६ , २७ र २८ गते निशुल्क आँखा शिविर संचालन गर्ने निर्णय गरेको हो ।
तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंका बरिष्ठ चिकित्सकहरुद्वारा आँखाको जाँच तथा मोतिया बिन्दुको अप्रेसन गरिने आयोजकले जनाएको छ ।
बिगत केही बर्ष देखि तिलगंगा नेत्र प्रतिष्ठानका बरिष्ठ चिकित्सकहरु ल्याएर उपचार केन्द्रले निशुल्क आँखा शिविर संचालन गर्दै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page