स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरमा १ सय १५ जनाको स्वास्थ्य चेकजाँच

कञ्चनरूप, ८ पुष । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय १५ जनाले स्वास्थ्य चेकजाँच गराएका छन् ।
सप्तकोसी नगरपालिका वडा नम्बर २ को आयोजना तथा एम डि हेल्थ केयर हस्पिटल प्रालि कञ्चनरूप-१२, रुपनगरको सहकार्यमा भएको शिविरमा नगर भित्रका १ सय १५ जना नगरबासीले स्वास्थ्य चेकजाँच गराएको वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेनले जानकारी दिनुभयो ।
एम डि हेल्थ केयर हस्पिटलका संचालक मो. जाकिर शेखले शिविर सञ्चालन गरी त्यस क्षेत्रको जनताको निशुल्क सेवा गर्ने मौका पाएको र यो अवसर मिलाई दिएकोमा सप्तकोसी नगरपालिका वडा नम्बर २ तथा वडा अध्यक्षलाई धन्यवाद दिनुभयो ।
शिविरमा एम डि हेल्थ केयर हस्पिटलका वरिष्ठ फिजिसियन तथा मुटु रोग,हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परिक्षण, ल्याब परिक्षण साथै बिरामीहरूलाई औषाधी समेत निःशुल्क वितरण गरिएको एम डि हेल्थ केयर हस्पिटलका संचालक शेखले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page