राजविराज, १७ पुस । धर्मिहल्फा महिला विकास क्लब सप्तरीद्वारा बोदेबरसाईन नगरपालिका ४ सिलहटमा आइतबार एक अग्निपीडित परिवारलाई राहात वितरण गरेको छ । स्थानीय सकल देव राउत गड़ेरियालाई राहत स्वरुप भाँडाकुँडा, लत्ताकपडा लगायतका सामग्री प्रदान गरेको ह
क्लबका अध्यक्ष सामाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले त्रिपाल,झुल, तन्ना, धोती, साड़ी,थाल,गिलास,डेकची, कन्ती , डाडु, पन्यौ लगायतका सामग्री अग्निपिडित गडेरियालाई हस्तान्तरण गरे ।
अग्निपिडित परिवारलाई राहत वितरण गर्दै समाजसेवी ईन्जिनियर यादवले क्षति बराबरको सहयोग गर्न नसकेपनी पिडाको समयमा थोरैपनि राहत प्रदान गर्नु पाउदा खुशी महुसुस भएको बताए । उनले आगामी दिनमा आगलागीका घटनालाई न्यूनीकरण गर्ने उदेश्यका साथ जनजागरणका लागि अभियानबाट सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
आमाबुवा भन्दा ठूलो कोहि हुदैन, ईन्जिनियर यादवले भने, स्वर्गीय बुवा धर्मी र आमा हल्फाको नाममा क्लब स्थापना गरि आपतविपतमा परेकाहरुलाई सानो सहयोग गर्दै आएको छु । मातापिताको स्मृतिमा दिनदुखीहरुलाई थोरै सहयोग गर्नुपाउदा आफूलाई हर्ष महुसुस हुने गरेको उनले बताए ।
राहत वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय बोदेबरसाईनका प्रहरी सहायक निरीक्षक योगेन्द्र साह, समाजसेवी अनवर अली , पत्रकारद्वय उमेश साह र लोकेन्द्र प्रसाद यादव लगायत स्थानीयहरुको उपस्थित रहेको थियो । गत पुस १२ गते आगलागी हुदा एकजनाको मृत्यु भएको थियो भने पाँच लाख भन्दा बढिको धनसम्पति जलेर नष्ट भएको थियो ।
















Add Comment