बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

रंगेलीबाट ३५० केजी गाँजा सहित २ जना पक्राउ

मोरङ, पुस १८ गते । मोरङ प्रहरीले रंगेली नगरपालिका १ बविया स्थितबाट ३ सय ५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउँपालिका २ का २९ बर्षीय बेचन भन्ने हस्त राई रहेका छन् ।
आइतबार अपरान्न साढे ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मनोजको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा खानतलासी गर्ने क्रममा १५ बोरामा (३५० केजी) गाँजा फेला पारेको हो । प्रहरीले प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाईकल समेत पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page