बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा ६० वर्षीय पुरुषको बेवारिसे शव फेला

कञ्चनरुप, २० पुष ।
सप्तरीकोको राजविराज नगरपालिकामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। बुधवार दिउँसो २ बजेतिर राजविराज नगरपालिका वडा नं. १५ मुसहरनियाँ स्थित कोशी सिचाई नहरको भित्तामा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो।
फेला परेको शवको अझै सनाखत हुन नसकेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नामथर, वतन नखुलेको अन्दाजी वर्ष ६० को पुरुष मानिस मृत अवस्थामा फेला परेको हुँदा पहिचान हुन आएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सप्तरीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
घटनाको विषयमा र शव कसको हो भन्ने बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हुलिया यस्तो रहेको छ :
वर्ण : श्यामलो, उच्चाई ५ फिट, कपाल फुलेको सानो, कपडा ः कालो रंगको फुल स्विटर, निलो रंगको हाफ भेष्ट, फिका सुन्ताला रंगको हाफ स्विटर र रातो रंगको हाफ पेन्ट लगाएको, घाँटिमा तुलसीको माला लगाएको, तराई वासी जस्तो देखिने

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page